रामेछाप र दोलखामा कुकुर आतंक, देशकै राजधानी काठमाडौं पनि कुकुर आतंकबाट अछुतो छैन ।




रामेछाप र दोलखामा कुकुर आतंक, देशकै राजधानी काठमाडौं पनि कुकुर आतंकबाट अछुतो छैन ।

रामेछाप र दोलखामा केही दिनदेखी कुकुर आतंक देखिएको छ भने दोलखामा ३ जनाको मृत्यु भइसकेको छ ।

रामेछाप : रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजारमा पनि शनिवार विहान रेबिज लागेको आशंका गरिएको भुस्याह कुकुरले टोक्दा एकै दिन १४ जनालाई टोकेर घाइते बनाएको  बनाएको रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिए ।
घाइते मध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको र चार जनाको मन्थलीकै तामाकोसी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

मन्थली बजारमा यसरी भुस्याहा कुकुरले टोकेको यो पहिलो घटना भने हो होइन, यस अघि पनि पटक पटक भुस्याहा कुकुरले दु:ख दिएको तरएकैदिन यति धेरैलाइ यसरी टोकेको भने यो पहिलो घट्ना भएको मन्थली नगरपालिकाको पशु शाखाका रोहणि चापागाईले बताए। मन्थलीमा शनिवार कुकुर आतंकनै मच्चिएको थियो । मानिसहरु कुकुर देख्ने वित्तिक्कै भाग्न थालेका थिए । कुकुरले एक महिना अगाडि देखि नै मन्थली बजारमा दुःख दिन थालेको थियो ।

रेविज लागेको कुकुरले टोक्दा यस अगाडि मन्थली नगरपालिकामा मात्र ७ वटा पशु मरेका थिए । मानिस देख्ने वित्तिक्कै जथाभावी टोक्दै हिडेको एउटा कुकुरलाइ भने  स्थानीयले मारेका छन् । कोरोनाको त्रासमा बसिरहेका मन्थलीमा कुकुरले थप आतंकित बनाएको छ ।

दोलखामा:  दोलखा जिल्लाको मेलुङ गाउँपालिकामा १६ दिनको अवधिमा गाउँपालिकामा रेबिज रोग लागेको कुकुरको टोकाइबाट तीन जनाको ज्यान गएसँगै शुक्रबार ६३ जनालाई खोप लगाइएको हो ।

मेलुङ गाउँपालिकाको वडा नं. ५ र ६ वडा नं. ७ का ६ जना गरी कुकुरले टोकेका १२ जनालाई शुक्रबार पहिलो चरणको खोप लगाइएको हो । रेबिज रोग लागेको कुकुरको टोकाइबाट ज्यान गएका तीन जनाको परिवार र कुकुरले टोकेका व्यक्तिको सम्पर्कमा गएका ५१ जनालाई पनि खोप लगाइएको छ । उनीहरुलाई अर्को थप खोप भदौ १५ र १९ गते लगाइनेछ ।

यसअघि कुकुरले टोकेका स्थानीयलाई रेबिजको भ्याक्सिन लगाएपछि बिसेक हुनुको सट्टा तीन जनाको मृत्यु भएपछि दोलखाको मेलुङ बजारस्थित मेडिकल सञ्चालक कृष्णकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले मेडिकलको नाम पनि नराखेको र वैधानिक रूपमा दर्ता समेत नभएको प्रहरीले बताएको छ।
रेबिजको खोप लगाए पनि मान्छे मरेपछि स्थानीयको मागअनुसार भ्याक्सिनको अध्ययन गर्न  पशु सेवा विभाग र काठमाडौंका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट विज्ञहरूको टोली दोलखा पुगेको प्रहरी प्रवक्ता बोहराले बताए।

उनले गुणस्तरहीन भ्याक्सिन लगाएको आरोप मृतकका आफन्त र स्थानीयको छ । गत २७ असारमा मेलुङ गाउँपालिका– ५, ६ र ७ नम्बर वडाका १२ जनालाई एउटै कुकुरले टोकेको थियो । उनीहरू सबैले त्यही दिन कार्कीको मेडिकलमा गएर रेबिजको भ्याक्सिन लगाएका थिए ।तर, कुकुरको टोकाइबाट घाइते भएका एक बालकसहित तीनजनाको मृत्यु भएको छ ।

मृतक सबैमा रेबिजको संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रेसम बोहराले बताउनुभएको छ  । भ्याक्सिन लगाइसक्दा पनि मृत्यु हुन थालेपछि सिंगो गाउँ नै आतंकित बनेको छ ।

स्थानीयको मागअनुसार भ्याक्सिनको अध्ययन गर्न हिजो पशु सेवा विभाग र काठमाडौंका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट विज्ञहरूको टोली दोलखा पुगेको प्रहरी प्रवक्ता बोहराले बताउनुभयो । कार्कीले मेडिकलको नाम पनि नराखेको र वैधानिक रूपमा दर्ता समेत नभएको उहाँले बताउनुभयो  ।

कुकुरको टोकाइबाट घाइते भएका बैतेश्वर गाउँपालिका–६ नाम्दुका सात वर्षीय कुशल नेपालीको २८ असारमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै, भ्याक्सिन लगाइसकेपछि पनि दिनानुदिन अस्वस्थ हुँदै गएपछि मेलुङ–६ तिनपिप्लेका ३० वर्षीय रामचन्द्र भण्डारी थप उपचारका लागि ललितपुरस्थित पाटन अस्पतालमा भर्ना भएका थिए ।

तर, बुधबार उनको मृत्यु भएको छ । प्रहरीका अनुसार कुकुरको टोकाइबाट घाइते भएका मेलुङ गाउँपालिका– ५ सुंगुरेका १५ वर्षीय सुरेश विकको पनि मृत्यु भइसकेको छ । उनीहरू तिनैजनामा रेबिजको संक्रमण पुष्टि भइसकेको प्रहरीले जनाएको छ ।स्थानीय विश्व भण्डारीका अनुसार गाउँमा अझै नौजना कुकुरले टोकेका मानिस छन । उनीहरूमध्ये दुई जना सिकिस्त रहेका छन  ।

देशकै राजधानी काठमाडौं पनि कुकुर आतंकबाट अछुतो छैन ।

काठमाडौं पछिल्लो समय राजधानीमा छाडा कुकुरको आतंक बढ्दै गएको छ । बाटोमा हिड्ने दुईपाङ्ग्रे सवारीलाई लखेटेर दुर्घटनाको मुखमा पुर्‍याउनेदेखि यात्रुहरुलाई टोक्ने सम्मका घटना बढ्न थालेका छन् ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मात्रै कोरोना माहामारी हुनु अघि दैनिक १ सय ५० भन्दा बढी कुकुरको टोकाईबाट पीडित भएर आउने गरेका थिए । कुकुरको टोकाईबाट रेबिज रोग लाग्ने भएकाले पनि कुकुरको आक्रमणमा पर्ने बिरामी थप चिन्तित देखिन्छन् ।

कुकुरले टोकेमा एक जनाले कम्तीमा चारपटक एन्टिरेबिज खोप लगाउनुपर्छ । कुकुर, बिराला, स्याललगायत जनावरले टोकेका कम्तीमा १४ हजार पाँच सय बिरामी टेकु अस्पताल पुगेको देखिन्छ । एन्टिरेबिज खोपका लागि अस्पताल पुग्नेमध्ये कुकुरले टोकेका सबैभन्दा धेरै हुने गर्छन् ।
अस्पतालका अनुसार हरेक वर्ष कुकुरले टोकेका बिरामीको संख्या पाँच हजारले बढिरहेको छ । दुई–तीन वर्ष अघिसम्म प्रत्येक वर्ष १८ हजारको हाराहारीलाई कुकुरले टोक्ने गरेकामा यो संख्या बढ्दो छ।
अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कुकुरको टोकाइबाट खोप लगाउन आउनेमध्ये धेरै उपत्यकाका हुने गरेको बताए । ‘कुकुरले टोक्ने सबै भ्याक्सिन लगाउन आउँछन् नै भन्ने छैन, कतिपयले भने नजिकैको क्लिनिकतिर पनि भ्याक्सिन लगाउँछन्,’ उनले भने, ‘एउटा भ्याक्सिनको मूल्य मेडिकलमा लगाउँदा ६ देखि ८ सयसम्म पर्छ, यहाँ निःशुल्क हुन्छ।’

कति छन् भुस्याहा कुकुर ? 

राजधानीमा ४५ हजार भुस्याहा कुकुर

पछिल्लो समय, काठमाडौं उपत्यकामा भुस्याहा कुकुरको संख्या बढ्दै गएको छ । भुस्याहा कुकुर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलका अनुसार, राजधानीमा अहिले करिब ४५ हजार भुस्याहा कुकुर छन् । भुस्याहा कुकुरहरुको बढ्दो यो संख्या राजधानीबासीलाई भने समस्या बनेका छन् ।

दिउँसो सडकमा खासै नदेखिने छाडा कुकुरहरु बिहान र साँझ सर्वसाधारणलाई निशानामा पार्ने गरेका छन् । काठमाडौं महानगरले बाटामा हिड्ने भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण अभियान चलाएपनि कुकुरको संख्या र कुकुरले मानिसमा गर्ने आक्रमण घटेको छैन । तर पनि महानगरका प्रवक्ता डंगोल भने कुकुरको व्यवस्थापनका लागि विशेष योजना चलाइरहेको दाबी गर्छन् ।

व्यवस्थापनमा बेवास्ता 

महानगरभित्रका छाडा कुकुर व्यवस्थापनमा महानगरले खासै चासो देखाएको छैन । सिंहदरबारभित्र र महानगरको वडा नम्बर– २० मा कुकुर बन्ध्याकरण थालिएको भए पनि त्यो खासै प्रभावकारी भएको छैन ।

‘छाडा कुकुरको आतंक अत्यधिक रहेको मैले पनि बुझेको छु,’ महानगर जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘यसको बारेमा महानगर मात्रै होइन, उपत्यकाका सबै स्थानीय तह मिलेर जानुपर्ने देखिन्छ ।’ उनले कुकुर व्यवस्थापनका विषयमा छलफल अघि बढाइएको जानकारी दिए ।

 


प्रतिक्रिया