काठमाडौं । नेपाल डोर नामक ढोका उत्पादक कम्पनीको अर्को शाखा सातदोबाटोमा संचालनमा आएको छ ।अन्तराष्ट्रिय प्रविधि, नेपाली स्रोत र दक्ष जनशक्ति प्रयोग गर्दै गुणस्तरीय ढोका उपलब्ध गराउने संकल्प सहित स्थापना भएको यस नेपाल डोरको अन्य शाखा सोरुम निकट भविष्यमै देशको विभिन्न भागमा खोल्दै जाने कम्पनीका प्रवन्धक श्री निपुण जंग बस्नेतले अखबारपत्रलाई जानकारी गराउनु भयो ।
अमेरिकामा एक दशकभन्दा धेरै समय बिताएर नेपाल फर्किएका युवा उद्यमी योगेन्द्रजंग बस्नेतले नेपालमा गुणस्तरीय ढोका अभाव देखेपछि यो व्यवसाय सुरु गरेका हुन् ।
“नयाँ घर, अफिस वा अन्य ठूला भौतिक संरचना निर्माण गर्दा नेपालमा गुणस्तरीय ढोका उपलब्ध नहुने समस्या महसुस गरेपछि मैले नेपालमा ढोका उत्पादन सुरु गरेको हुँ” बस्नेतले भने, “नेपाल डोरले उत्पादन गरेका ढोकाको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको छ । नेपाल डोर प्रयोग गर्ने उपभोक्ताले सजिलै फरक महसुस गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।” कम्पनीले हाल स्किन डोर का साथै फाइबर ग्लासका ढोकाहरुको उत्पादन चितवन गुञ्जनगर फ्याक्ट्रीबाट गर्दै आएको छ । ग्राहकले आफ्नो चाहना अनुसारको कलर गर्न मिल्ने यस स्किन डोरमा, कम्पनीले दश वर्षको रिप्लेसमेन्ट ग्यारेन्टि सहितको सुविधा उपलब्ध गराएको छ भने फाइबर डोरमा पच्चिस वर्षको रिप्लेसमेन्ट ग्यारेन्टि दिएको छ ।
पछिल्लो समयमा नेपाली उपभोक्ता चीन र मलेसियाबाट आयातित कमसल गुणस्तरका ढोका प्रयोग गर्न बाध्य छन् । कमसल कच्चा पदार्थ प्रयोग गरी बनाइएका यी ढोकाहरू नेपालमा परम्परागत रूपमा निर्माण गरिएका ढोकाको तुलनामा पनि न्यून गुणस्तरमा उपलब्ध छन् ।
बस्नेत नेपालको सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । नेपाली मूलधारको पत्रकारितामा सफल फोटो पत्रकारको पहिचान बनाएका उनी अमेरिकामा एक दशकसम्म फोटोग्राफीमै क्रियाशील थिए । नेपाल डोरले चितवनको भरतपुरमा अत्याधुनिक कारखाना सञ्चालन गरेको छ । यस कारखानाबाट मोल्डेड स्किन डोर उत्पादन भएपछि नेपाली बजारमा उच्च गुणस्तरीय ढोका उत्पादनमा नयाँ युगको सुरुआत भएको विश्वास गरिएको छ ।