काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । बुधबार बिहानै ओली निवास बालकोटमा दुई नेताबीच भेटवार्ता भएको हो । ओलीलाई भेट्न बुधबार बिहानै प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन् ।
भेटमा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि दुई शीर्ष नेताबीच भेटघाट बाक्लिएको हो । मंगलबार मात्र प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले दाहालसँग छलफल गरेका थिए ।