दाङ, असोज २० । आज सम्पन्न प्रदेश सभा बैठकले दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी घोषणा गरेपछि उक्त निर्णयको दाङमा स्वागत गरिएको छ । जिल्लाका विभिन्न संघसंस्थाहरुले स्वागत गर्दै दीप प्रज्ज्वलन र नाचगान गरेका छन् ।
जिल्लाका प्रमुख बजार भालुवाङ, लमही, घोराही, नारायणपुर, तुलसीपुर, हापुरे, अमेलिया लगायतमा बेलुका दिपावली गरिएको हो।
मंगलबार प्रदेश सभामा भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेपछि दुई तिहाइ बहुमतका आधारमा दाङको देउखुरीलाई प्रदेश ५ को स्थायी राजधानी घोषणा गरिएको थियो।
तुलसीपुरको बीपी चोकमा मंगलबार साँझ नेपाली कांग्रेस क्षेत्र नं. ३ ले दिपावली गरेको छ