नेकपा, प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन, ट्राफिक व्यवस्थापनमा कतै अस्तव्यस्त, कतै सुनसान




नेकपा, प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन, ट्राफिक व्यवस्थापनमा कतै अस्तव्यस्त, कतै सुनसान

अखबारपत्र:काठमाडौँ, माघ ९ । प्रतिनिधिसभा विघटनको विरोधमा  नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ ।  कार्यक्रममा सहभागिताका लागि देशभरबाट प्रचण्ड–नेपाल समूहका कार्यकर्ता काठमाडौँ उत्रिएका छन् ।

शक्ति प्रदर्शनमा निक्लिएको जुलुसले उपत्यकाको ट्राफिक व्यवस्थापन कतै अस्तव्यस्त बनेको छ भने कतै सुनसान बनेको छ।  प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको प्रचण्ड-नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौँ उतारेपछि सार्वजनिक र निजी सवारीलाई ट्राफिक प्रहरीले ठाउँठाउँमा रोकेको छ । जसका कारण कतै सडक सुनसान छन् भने कतै अस्तव्यस्त भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले भृकुटीमण्डपमा गर्ने बृहत विरोध प्रदर्शनका कारण उपत्यकाका मुख्य स्थानको ट्राफिक व्यवस्थापन प्रभावित भएको हो । ट्राफिक व्यवस्थापन प्रभावित भएपछि कति ठाँउमा  सर्वसाधारणहरु हिँडेरै गन्तव्यतर्फ लागेका छन् ।

उपत्यकाको विभिन्न ठाँउबाट  निस्कने जुलुस राष्ट्रिय सभागृह अगाडि पुगेर सभामा परिणत हुनेछ । र्‍यालीपछि आयोजित सभालाई शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

 

 


प्रतिक्रिया