अखबारपत्र : काठमाडौं, असोज ६ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही असोज १९ गतेको लागि आह्वान गरेको छ ।
विज्ञप्ति जारी गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा असोज १९ गते दिउँसो २ बजेका लागि बैठक बस्ने जानकारी गराइएको हो ।
बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालयले कोरोना भाइरस ९कोभिड–१९० को महामारीका कारण बैठक अगाडि पिसिआर परीक्षणको व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरेको छ ।
बैठकमा सहभागी हुनु अगाडि पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले पीसीआर परीक्षण अनिवार्य गरिएको पार्टी मुख्य सचिव पौडेलले बताए ।
असोज १५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई अनिवार्य पीसीआर परीक्षण गराउन सबैलाई अनुरोध गरिएको छ ।