काठमाडौँ । नेपाली काँग्रेसमा आन्तरिक किचलो चुलिँदो छ । महाधिवेशन नजिकिएसँग संस्थापन र इरत पक्षबीच विवाद चर्किँदै गएको हो । संस्थापन पक्षबाट विधि, विधान र पद्धति विपरीत चालिएका कदमविरुद्ध धर्ना र अनसनमा उत्रिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको तयारी छ ।त्यसका लागि गत बिहीबार भएको पौडेल पक्षको भर्चुअल बैठकले पार्टी सभापति देउवाले महाधिवेशनलाई केन्द्रित गरेर गरेका विधान र प्रक्रियाविपरीतका निर्णय केलाउन तीन सदस्यीय समिति बनाएको थियो ।
यस्तै प्रतिवेदनले धर्ना, अनसन र सभापति देउवाद्वारा मनोनित केन्द्रीय सदस्यको राजीनामासम्मको कार्यक्रम अगाडि सारेको छ ।
उक्त अवधिमा विधान विपरीतका निर्णय नसच्याए केन्द्रीय पदाधिकारी, सदस्य, सांसद, जिल्ला सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थासँग अन्तक्र्रिया गर्ने र पत्रकार सम्मेलन गर्ने पौडेल समूहको कार्यक्रम छ ।
त्यसपछि जिल्ला तथा केन्द्रीय कार्यालयमा धर्ना दिने, रिले अनसन बस्ने र अन्तिममा आमरण अनसन बस्ने पौडेल पक्षको योजना छ । यस्तै देउवाविरुद्ध उक्त कदम चाल्नुभन्दा पहिले मनोनित केन्द्रीय सदस्यलाई राजीनामा दिन लगाउने पनि पौडेल पक्षको तयारी छ ।
newssource:ratopati