कोरोना भाइरसको संक्रमणबाट आज मात्र १२ जनाको मृत्यु भएसँगै नेपालमा कोेरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ ।
यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि छ । जसमा २४२ महिला र ६४२ पुरुष रहेका छन् ।
हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् । यस्तै शनिबार काठमाडौं उपत्यकामा १८६ जनामा संक्रमण पुष्टि भएको छ ।