उपत्यकामा कार्यरत थप ९ प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित ९ प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक इन्सपेक्टर, एक प्रहरी नायब निरीक्षक (सई) र एक प्रहरी सहायक निरीक्षक (असई) सहित ९ जनामा कोरोना देखिएको हो ।
महाराजगञ्ज वृत्तमा कार्यरत प्रहरी कर्मचारीको बिहीबार स्वाव संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको थियो । जसमा ९ जनालाई कोरोना देखिएको हो ।