अखबारपत्र: काठमाडौं, फागुन २१ । नेपालगंज बाँके घर भएका ९ बर्षका क्यान्सर पिडित कुुशल मौर्यलाई लायन्स क्लब काठमाण्डौ,सनराइजले आर्थिक सहयोग गरेको छ ।
लायन्स क्लब काठमाण्डौ सनराइजको तर्फबाट १५ हजार नगद सहित केहि खानेकुरा विरामीको आमालाई हस्तान्तरण गरिएको हो ।
कान्ति बाल अस्पतालको बेड नम्बर १४७ मा उपचार गराइराखेका कुशललाई ( Aplastic Anemia )बोनम्यारो क्यान्सर भएको छ ।
उक्त कार्यक्रममा क्लबका अध्यक्ष प्रदिप कुमार कर्माचार्य, लायन रमिता कर्मचार्य। लायन दिपक खड्का, लायन चन्दकला खड्का का साथै लायन सुजन कंडेलको उपस्थिति रहेको थियो ।