रामेछापका थप पाँच जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयकाको नियमिति पत्रकार सम्मेलनमा रामेछाप जिल्लाका थप ५ जनामा कोरोना सक्रमण भएको जानकारी दिएको हो । यो सँगै रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । २३ जना भने उपचारपछि निको भईसकेका छन । रामेछाप सहित आज पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् ।
काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना छन् । ललितपुर र भक्तपुरमा ३/३ जना थपिएका छन् । यस्तै पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७/७ जना तथा मकवानपुरका ६ जनमा संक्रमण पुष्टि भएको छ । रौतहट, कञ्चनपुर र कैलालीका ४/४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३/३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २/२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।