आज सर्वाधिक २ हजार ७२२ जनामा कोरोना संक्रमण,उपत्यकामा १६ सय बढी संक्रमित,अब सरकारको कदम के ? लकडाउन !




आज सर्वाधिक २ हजार ७२२ जनामा कोरोना संक्रमण,उपत्यकामा १६ सय बढी संक्रमित,अब सरकारको कदम के ? लकडाउन !

अखबारपत्र :काठमाडौं,

असोज १६। बितेको २४ घण्टामा देशभर सर्वाधिक थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको छ ।

संक्रमितको संख्या दिनानुदिन बढदै गएपछि फेरी सरकारले लकडाउन गर्ने हो की भनेर सर्वसाधरण ससंकित भएका छन।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् ।

यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार काठमाडौं १२८०, ललितपुरमा १६२, र भक्तपुरमा १९६ गरी कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार बितेको २४ घण्टामा थप ३३०७ जना निको भएका छन् ।

यससँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको गौतमले बताए । यस्तै आज १४ हजार ७३९ जनाको पीसीआर भएको छ । नेपालमा संक्रमण मुक्त हुने दर ७३.६ प्रतिशत रहेको छ ।

यस्तै देशभर कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ५२० पुगेको मन्त्रालयले जनाएको छ । आइसीयूमा २१० जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् ।


प्रतिक्रिया