आजबाट लामो दुरीको यातायात सञ्चालन हुँदै




आजबाट लामो दुरीको यातायात सञ्चालन हुँदै

अखबारपत्र,

काठमाडौं,असोज १ । – आज असोज १ गतेबाट लकडाउनसँगै बन्द भएका लामो दुरीका सार्वजनिक सवारी साधन खुल्ने भएका छन् ।
सरकारले ६ महिनाअघि विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण लामो समयसम्म लामोदुरीका सवारी साधन बन्द भएका थिए ।

मन्त्रिपरिषद् बैठकले लामो दुरी तथा अन्तरजिल्ला यातायात सञ्चालन गर्न अनुमति दिएसँगै  बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

सरकारले स्वास्थ्य सम्बन्धि मापदण्ड पुरा गरेरमात्र गाडी चलाउन अनुरोध गरेको छ । गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ । यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने छ । गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ ।


प्रतिक्रिया