काठमाडौं उपत्यकामा अहिले सम्मकै अधिकतम संक्रमण, जोखिम बढ्दै




काठमाडौं उपत्यकामा अहिले सम्मकै अधिकतम संक्रमण, जोखिम बढ्दै

अखबारपत्र
काठमाडौं, भदौ ३१।
काठमाडौं उपत्यकामा ६७६ जना कोरोना संक्रमति थपिएका छन्। पछिल्लो २४ घण्टायता काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९ महिला र ३८६ पुरुष संक्रमित थपिएका छन्। यस्तै, भक्तपुरमा ३७ महिला र ४९ पुरुष तथा लतिलपुरमा १६ महिला र १ पुरुष संक्रमित थपिएका छन्।

देशभर भने पछिल्लो २४ घण्टामा १४५९ जनामा संक्रमण पुष्टि भएको छ भने १०६२ निको भएका छन्। ११ जना संक्रमितको मृत्यु भएको छ।


प्रतिक्रिया