अखबारपत्र, काठमाडौँ, भदौ २४। उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठकले उपत्यकाभित्र १६ सिट क्षमतामाथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
साथै भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनीका बालबालिका २ जना राखि चलाउन सकिनेछ ।
यस्तै निजी सवारीसाधनहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने पनि उपत्यकाका सीडीओहरुको संयुक्त बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनामा उल्लेख छ ।
यसरी सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधन सुरक्षा जोरबिजोरका आधारमा सञ्चालन हन पाउने छन् । तर मालबाहक सवारी साधनको हकमा भने जोरबिजोर लागू हुने छैन ।