मिथिला नाट्यकलामा समर्पित “रोहित”




मिथिला नाट्यकलामा समर्पित “रोहित”

“मिथिला संस्कृति तथा मिथिला दर्शनको विकासका लागि मिथिला जनसमुदाय एकिकृत रुपमा नलागे मिथिला संस्कृति लोप हुने निस्चित छ ।” – रोहित कुमार साह

मिथिला परम्परागत रूपमा संस्कृति तथा एतिहासिक सहरको रुपमा प्रसिद्ध छ । मैथिली भाषाको काव्य लहर मिथिलाको प्रतिक हो । मिथिला जसलाई तिरहुत वा तिरभुक्ति को नामले समेत चिन्ने गरिन्छ, भारतको बिहार र नेपालको दक्षिणपूर्वी भागमा अवस्थित एउटा भौगोलिक र सांस्कृतिक क्षेत्र हो। यो क्षेत्र पूर्वमा महानन्दा नदी, दक्षिणमा गङ्गा नदी, पश्चिममा गण्डकी नदी र उत्तरमा हिमालयको तल्लो भागद्वारा घेरिएको छ। आफैंमा संस्कृतिको धनी मानिने मिथिला अहिले बिभिन्न कारणले पछाडि परेको छ । राजनीतिक तथा आर्थिक रुपमा राज्यले सहयोग नगरेता पनि कला र संस्कृतिको जगेर्ना गर्न बिभिन्न सामाजिक संस्था, युवा कल्ब देखि नाट्यकला केन्द्रहरुले अहोरात्र मिहेनत गरेका छन् ।

त्यस्तै नाट्यकला बाट संस्कृति तथा मिथिला दर्शन जिवितै छ भन्ने बिषयलाई उठान गर्न रोहित कुमार साहले आफ्नो नाट्यकला तथा संस्कृति नाच गर्न थालेको करिब १ दसक भएको छ । मधेश / तराईको मध्यम परिवारमा जन्मेका रोहित कुमार साहले आफ्नो कथन अखबारपत्र संग यसरि खुलाएका छन् ।

रोहित जि तपाइँले आफ्नो बाल्यकाल कसरि बिताउनु भयो ?

बुबा सर्वस साह र आमा सरोबरी देवी को चौथो सन्तानको रुपमा म रहेको छु । परिवारीक स्थिति मध्यम स्तर रहेको थियो । महोत्तरीको गोनरपुरा गाउँ वडा २ अहिले महोत्तरी गाउँपालिका वडा ६ मा मैंले आफ्नो बाल्यकाल बिताएको छु । सानो घरमा बुबाको मिहेनत र आमाको स्याहार सुसारले हामिलाई हुर्किन कठिन भएता पनि कष्टकरपुर्ण चै रहेन । तिनजना दिदि हरुको माया तथा बुबाको भजन कीर्तनले मलाई सघैँ रमाउने स्वतन्त्रता भेटेको थियो । गाउँकै परिवेशमा हुर्किए छु । अत: सुखद नै रहेको थियो ।

नाट्यकला क्षेत्रमा कसरि प्रवेश गर्नु भयो र के कुराले समर्पित भएर लागि राख्नु भएको छ ?

मैंले जिवनको सबै भन्दा महत्वपूर्ण उमेर के गर्ने भन्ने बिषयको चिन्तामै बिताए । कहिले एता कहिले उता । कहिले गाउँमा हुने नाटक साँझमा रङ्गकर्मीको नाट्यमोहमा हराए त कहिबेला तिनै नाट्य कलाकारलाई हेरेर भविष्यमा यहि पेसा अङ्गाल्ने अठोट समेत लिए । मेरो काकाको छोरा अर्थात् मेरो भाई हिरो बन्छु भनेर भारत सम्म पुगेको थियो ‌। अर्का तिर बुबा भजन कीर्तन गर्नु हुन्थ्यो । त्यहि कीर्तनमा बच्चा देखि नै नाच्ने गरेको थिए । तर कक्षा १२ सिध्याउने बित्तिकै जनकपुरधाममा मैले हेल्लो मिथिला बाट नृत्य गर्न थाले । मैले हिपहप, सांस्कृतिक लगायत नृत्य सिके पस्चात: मैंले कार्यक्रमहरुमा नृत्य गर्न मौका पाउन थाले । मिथिला संस्कृति र परम्परा अनुसार कुनै पनि कार्य सुरु गर्नु अघि सास्कृतिक नृत्यबाट शुभारंभ गर्ने मान्यता रहि आएको छ । जुन कुराले मैंले सिकेको नृत्य देखाउने प्रसस्त मात्रामा ठाउँ पाउन थाले । त्यस दौरान मेरो भेटघाट कलाकार तथा गायक गायिका हरुसंग हुन थाल्यो ।

एकदिन हो, अहिले रंगदर्पनका संस्थापक रितेश पाटलि सर संग भेटघाट भयो । उहाले नाट्य विषयमा अध्ययन गरेर आएको र केहि रंगकर्मीलाई सिकाउने क्रममा म पनि समावेश भए । मैथिली नाटक सिक्दै गर्दा मेरो रुचि नाट्य क्षेत्रमा पनि रह्यो । जुन कारणले मैंले नाटक खेल्ने र आफ्नो नाट्यकलालाई निखार्ने मौका समेत पाए । नाट्यकला क्षेत्रमा आफु लाग्न थालेको पत्तो नै पाइन । मैंले करिब ५०० बढि सडक नाटक तथा स्टेज प्रस्तुति गर्ने मौका पाए । जस पस्चात मैंले आफ्नो कलाकारिता निखार्न खुब मौका पाए । मैंले भोर जस्तो चलचित्रमा अभिनय गरे भने रोचक घोचक मैथिली भाषाको कार्यक्रममा २०७ एपिसोड सम्म आफ्नो कलाकारिता देखाइ राखे । समाजमा घट्ने समाजिक विकृति तथा जनचेतनामुलक नाट्य कार्यक्रमहरुको आयोजनाले मलाई यस क्षेत्रमा लाग्न उत्प्रेरित गर्यो र यो क्षेत्रमै समर्पित भएको छु ।

तपाईले नाट्यकला तथा नृत्य मन्चको क्रममा कस्तो प्रतिक्रिया पाउनु भयो ? कत्तिको सकारात्मक तथा नकारात्मक टिप्पणी गर्दा रहेछन् त ?

वास्तवमा हाम्रो मैथिली समाज उत्पिडित छ । यहाँ सबै खालका व्यक्ति छन् । साँगुरो सोच र चिन्तन ले गर्दा मान्छेले हेर्ने नजरिया फरक फरक हुन्छ । जुन कुरा सामान्य लाग्छ मलाई । मैथिली नाट्य क्षेत्रमा मैंले गरेको संघर्ष मलाई थाहा छ । मेरो सहपाठी र सहयोग साथिहरुलाई थाहाँ छ । तर समाजमा एकै रुपका व्यक्ति कहाँ हुन्छ र ? यहाँ त विभिन्न सोच र चिन्तन गर्ने व्यक्ति छन् । मलाई मेरो नाट्यकला तथा नृत्यको सकारात्मक नै टिप्पणी आउने गर्छ । तर मैथिली लोक गीत, भिडियो आदि गर्दा मेरो उमेरका साथीहरू चै म संग बिमति राख्ने गर्छन् । जसको निचोड हो, मैथिली संस्कृति तथा मिथिला दर्शन कतै लोप हुन सक्छ । म सकारात्मक तथा नकारात्मक दुबै कित्तामा बसेर आफुलाई रुचि रहेको काम नै गर्ने गर्छु ।

मैथिली नाट्यकला क्षेत्रमा पनि राजनीति छ भन्छन । तपाईले यो क्षेत्रलाई राजनितिले कसरि प्रभावित पारेको देख्नु हुन्छ ?

देश नै राजनितिले खाइ सकेको छ । यस्को मतलब यो होइन कि राजनिति बेठिक हो ‌। राजनितिले प्रत्यक्ष यदि प्रभाव गर्छ भने त्यो राजनिति होइन कि लाजनिति हो । नाट्यकला क्षेत्र बिकास गर्न बिभिन्न संघ संस्थाहरु छ तर काम कसैले गर्दैन्न बाहेक केहि पुजा कार्यक्रम । संस्कृतिक रूपमा धनि छौँ तर ति कुराको जानकारी हामिले हाम्रो पुस्तालाई दिन सकेको छैनौ । त्यसमाथि अहिले स्थानीय तहले बिभिन्न नाममा बजेट छुटाए पनि मैथिली दर्शन तथा यसको एतिहासिक पक्षलाई बल दिन कुनै कार्यक्रम भने सोचदैन् ।

यो भन्दा जिलेबि के हुन्छ । राजनितिले यो क्षेत्रलाई जिलेबि बनाएको छ । जता घुमाए पनि घुम्ने तर बुझ्न गाह्रो छ । तर यसमाथि कहि एक समुदायको हुकुमतले यो क्षेत्रमा अझै आफ्नो बादि राजनीति फस्टाएको छ । जब सम्म हाम्रो पुस्ताले आफ्नो संस्कृति प्रबन्धनमा चाख राख्दैनन् तब सम्म मैथलि र मिथिलाको सांस्कृतिक बिकास किताबको पाना सम्म रहन्छ जस्तो लाग्छ मलाई ।

यो भन्दा जिलेबि के हुन्छ । राजनितिले यो क्षेत्रलाई जिलेबि बनाएको छ । जता घुमाए पनि घुम्ने तर बुझ्न गाह्रो छ । तर यसमाथि कहि एक समुदायको हुकुमतले यो क्षेत्रमा अझै आफ्नो बादि राजनीति फस्टाएको छ । जब सम्म हाम्रो पुस्ताले आफ्नो संस्कृति प्रबन्धनमा चाख राख्दैनन् तब सम्म मैथलि र मिथिलाको सांस्कृतिक बिकास किताबको पाना सम्म रहन्छ जस्तो लाग्छ मलाई ।

अन्ततः तपाई आफ्नो पुस्ता र आउने पुस्तालाई मैथिली क्षेत्र बिकास गर्न के भन्न चाहनुहुन्छ ?

सबैभन्दा पहिले मिथिलाको कला, साहित्य र संस्कृति बुझ्न सबैमा आग्रह गर्दछु । झन् अहिले अस्लिल शब्द र डबल मिनिङ्गबाला भोजपुरिले मैथिली साङ्गीतिक क्षेत्रलाई घमिलो बनाएको छ । त्यसैले हामीले यदि भोलि हाम्रो समाज र संस्कृति जिवितै राख्न चाहान्छौ भने अहिले बाट आफ्नो पुस्ता तथा बालबालिका लाई आफ्नो संस्कृति तथा परम्परा सिकाउन अनुरोध गर्द छु ।जुन सुकै पेसा र शिक्षा अङ्गालेता पनि आफ्नो संस्कृति न छोड्न आग्रह गर्द छु ।

यो अन्तरवार्ता : अखबारपत्रका सह-सम्पादक दिवाकर उप्रेती ले लिनु भएको थियो


प्रतिक्रिया