टर्कीमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २६ पुग्यो, झन्डै ८ सय घाइते




टर्कीमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २६ पुग्यो, झन्डै ८ सय घाइते

इस्तानबुल — टर्की, ग्रिस र अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने करिब ८ सय जना घाइते भएका छन् ।
अन्य देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पपछि सयौँ पटक पराकम्प पनि महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । राष्ट्रपति रेसेप टयीप एर्डोगानले टेलिभिजन मार्फत् सम्वोधन गर्दै खोजी तथा उद्धार कार्य भइरहेको र सवै जना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गरे । उनले त्रसित नहुन, सुरक्षा र सतर्कता अप्नाउन पनि सवैलाई आग्रह गरेका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार दर्जनौ घरहरु भत्केको विवरणहरु आएको र अरु विवरण पनि आउने क्रममै रहेको बताइएको छ ।

अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्नीच्युडको भूकम्पको धक्का धेरै टाढा ग्रिसको राजधानी एथेन्स र टर्कीको राजधानी इस्तानबुलमा समेत महसुस गरिएको थियो ।टर्कीमा बेला बेलामा भूकम्प गइरहन्छ । सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए ।

टर्की र ग्रिस दुवै देशमा भूकम्प गएपछि टर्कीका राष्ट्रपति एर्डोगान र ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले टेलिफोनमा कुराकानी पनि गरेका छन् ।  उनीहरुका बीचमा क्षतीको अवस्था, व्यवस्थापनका उपाय, सहकार्यलगायतका विषयमा केन्द्रीत रहेर कुराकानी भएको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैबीच, अफगानिस्तानमा पनि ४.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी काबुलको उत्तरपूर्वी क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको अधिकारीहरुले जनाएका छन् ।अफगानिस्तानमा आएको भूकम्पको कुनै मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारले जनाएको छ ।

 


प्रतिक्रिया