हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज २०। अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आचार्यले मंगलबार फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।
‘सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो | हाम्रो स्वास्थ्य अवस्था सामान्य छ |
यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं | कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं’ हरिवंशले फेसबुकमा लेखेका छन् ।|
उनले आफूहरुको सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् ।