२४ घण्टामा कोरोनाले थप १० को मृत्यु, मृतक संख्या ४७७ पुग्यो




काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा, रुपन्देही, अछामका १/१ जना र ललितपुर, काठमाडौं र बर्दियाका २/२ रहेका छन् ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।

त्यस्तै आज थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १२३ पीसीआर परिक्षण गर्दा १५७३ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । जसमा १९ हजार १९ सक्रिय संक्रमित रहेका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा ८८५ संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ५३ हजार ८९८ पुगको छ ।


प्रतिक्रिया