जन्तरे मामाको पहिलो गीत फूलैफूलको सौगात तिमीलाई




Jantare Mama (Amit Rai) First Song

अखबारपत्र

काठमाडौं, भदौ २४ । सामाजिक सन्जालमा भाइरल भएका जन्तरे मामाको नामले परिचित अमित राईको पहिलो गीत सार्वजनिक भएको छ । ‘फूलैफूलको सौगात तिमीलाई’ बोलको गीत किंङ्स रेकडिङ स्टुडियोमा रेकडिङ गरिएको हो ।

शनिबार युट्युबमा सार्वजनिक यस गीतले मंगलबार साँझसम्म ४ लाख ४६ हजार भ्युज पाइसकेको छ । ५३ वर्षको उमेरमा गत शुक्रबार अमितको आवाजमा पहिलो गीत रेकर्ड भयो :

फूलैफूलको सौगात तिमीलाई
स्विकारेर सिउरिदेऊ त्यो चुल्ठोमा

वर्षाइ दिउँला मायाको बहार

सम्हालेर राखिदेऊ त्यो पोल्टोमा

अमित ०२४ सालमा पाँचथरको मेमेङमा जन्मिए । परिवार आर्थिक रूपमा असाध्यै विपन्न थियो । उनी जन्मिएकै साल पेल्टीमारी बसाइँ सरे । ०३६ सालमा मोरङको पथरी आए । ‘पथरीमा जंगल फाँडेर बस्न थाल्यौं, आफूले चाहेजति फाँड्न पाइन्थ्यो । तोकेको ठाउँभन्दा बाहिर जान मिल्दैनथ्यो,’ अमितले विगत सम्झिए, ‘नजिकैको बजार भनेको दमक थियो ।
त्यो पनि निकै सानो ।’
उनले चार कक्षाभन्दा माथि पढ्न पाएनन् । पथरी आएर पनि खानलाउनको दुःख हटेन, रोजै ज्यालादारी गर्नुपर्थ्यो । तर, सास्तीले लपेटिएको दिनचर्याबीच एक दिन एउटा खुसी उनको घरमा आइपुग्यो । त्यो थियो, रेडियो । त्यसपछि जतिबेला पनि रेडियो उनको साथमा हुन थाल्यो, गीत सुन्न भनेपछि हुरुक्क ।

‘दिनभर नारायण गोपालको गीत पर्खेर बस्थे, बारीतिर काम गर्दैगर्दा गीत आयो भने डोको, नाम्लो फालेर रेडियो छेउ पुगिहाल्थें,’ उनले उत्साही हुँदै सुनाए, ‘उहाँको गीत सुनेपछि ज्यान दुख्या पनि बिर्सन्थें । अरूको गीत सुनेको खासै याद छैन ।’ नारायण गोपालका गीत सुन्दैनथे मात्र, दुरुस्तै गाउँथे पनि ।

उनको गीत सुन्ने साथीभाइ भन्थे– ‘ठ्याक्कै नारायण गोपालजस्तो गाइस् ।’ कस्तो गाए, उनलाई अक्कल हुँदैन्थ्यो, सिर्फ मनदेखि गाउँथें । ‘खासमा मेरो गुरु नै नारायण गोपाल र त्यही सन्तोष रेडियो हो,’ उनी मुस्कुराए । गाउँतिर पूजाआजा र बिहे हुँदा साथीभाइ गाउन हौस्याउँथें, तानेर लैजान्थे तर उनलाई धक लाग्थ्यो । साथीहरूले मरिगए उम्कन नदिने, त्यसपछि अरूको अगाडि नगाई सुक्खै भएन । ‘मादल बजाएर रातभर गाइन्थ्यो, सुरताल थाहा थिएन तर गाएपछि मन आनन्द हुन्थ्यो,’ उनले रोमाञ्चित हुँदै भने ।आजको इकान्तिपुरबाट


प्रतिक्रिया