भौतीक पुर्वाधार विकास मन्त्री सोनलले भने, ‘एक सप्ताह भित्रै भुक्तानी हुने गरि काम हुदैछ’




भदौ १५, जनकपुरधाम : प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उपभोक्ता समितिको भुक्तानीको विषयमा भ्रममा नपर्न आग्रह गरेका छन् । अखबारपत्रसंग कुराकानी गर्दै मन्त्री सोनलले आफुले सम्बन्धि सवै कार्यालय प्रमुखहरुलाई आवयश्क निर्देशन दिइ सकेको भन्दै प्रदेश २ का आठवटै जिल्लामा भुक्तानीको पक्रिया सुरु भइसकेकोमा निश्चिन्त हुन आग्रह् गरेका छन् ।

मन्त्री सोनलले प्रक्रियाहरु आठवटै जिल्लामा सुरु भइसकेको भन्दै एक सप्ताह भित्रै भुक्तानीको वातावरण बन्नेमा ढुक्क रहन आग्रह गरे । उपभोक्ता समितिको खाता पक्रियाको काम अघि बढेको र भुक्तानीका आन्तिरक प्राविधिक कामहरु तिन चार दिन भित्रै सक्ने गरि काम गर्न कार्यालय प्रमुख श्याम सुन्दर मिश्रलाई निर्देशन समेत दिइसकिएको मन्त्री निकट स्रोतले जनाएको छ ।

धनुषा महोतरी मात्र नभई आठवटै जिल्लाका सम्बन्धित कार्यालय प्रमुखहरुलाई भुक्तानीको लागि निर्देशन दिइसकिएको मन्त्रालय स्रोतले जनाएका छन् ।


प्रतिक्रिया