कालिकोटमा पहिरो चारको मृत्यु, तीन जना बेपत्ता




कालिकोट जिल्लाको तिलागुफा नगरपालिका-१ नाग्म गाउँमा आइतबार बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ। पहिरोमा तीन जना बेपत्ता छन्।

स्थानीय पर्याक शाहीको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।

पहिरोमा ४० वर्षीय पर्याक शाही, उनकी सात वर्षीया छोरी हिमा शाही, पाँच वर्षीय छोरा निराजन शाही र दुई वर्षीय छोरा अक्कल शाहीको मृत्यु भएको छ। प्रहरीका अनुसार सबै मृतकका शव भेटिएको छ भने पहिरोमा परेका मृतक शाहीकी श्रीमती पुण्या शाही र अर्का एक जना अर्जुन हमालको उद्धार गरिएको छ ।

उद्धार गरिएकाहरूको उपचार जुम्लामा भइरहेको छ। बेपत्ता तीन जनाको पहिचान खुल्न नसकेको र खोजी कार्य जारी रहेको डिएसपी ओलियाले जानकारी दिए।


प्रतिक्रिया