अठाह्रौं शताब्दीको पूर्वाद्र्धसम्ममा सूक्ष्म जीवाणुको बारेमा कुनै किसिमको जानकारी थिएन । तर हाल आएर यस्ता सूक्ष्म जीवाणुहरु पत्ता लगाइएका मात्र नभई यिनीहरुबाट हुने फलदायी र हानिकारक क्रियाकलापहरुबारे जनकारीका साथै विभिन्न किसिमका अनुसन्धान कार्य क्रमिकरुपमा अगाडि बढिरहेको छ । आज हामी एक्काइसौं शताब्दीमा प्रवेश गरिसक्दा पनि जीवाणुको नाम सुन्दा झसङ्ग हुनुपर्ने अवस्था बाँकी रहेको छ । तर सबै जीवाणुहरु हानिकारक हुन्छन् भन्न चाहिँ सकिँदैन । सर्वप्रथम रवर्ट कोक भन्ने वैज्ञानिकले सन् १८८० मा क्षयरोग लगाउने र एन्थ्राक्स लगाउने जीवाणु पत्ता लगाएका थिए । त्यसैले उनलाई जीवाणु विज्ञानका पिता पनि भनिन्छ । यहाँबाट जीवाणु पत्ता लगाउने क्रम जारी रहँदै जाँदा आज आएर जीवाणुहरु कति किसिमका छन् भनेर गन्न र भन्न पनि मुश्किल पर्ला जस्तो भईसकेको छ । जीवाणुहरु आँखाले देख्न नसकिने सूक्ष्म एककोषीय जीव हुन् । यिनीहरुको कोष एउटै र अति सरल हुने भएकोले शरीरले सम्पूर्ण प्रकृया जस्तै : श्वासप्रश्वास वृद्धि, दहनक्रिया आदि एउटै कोषभित्र सम्पन्न हुन्छन् । यिनीहरुमा बनस्पति कोषमा पाइने क्लोरोफिल भन्ने खाना निर्माणको निम्ति चाहिने तत्व हुँदैन । त्यसैले यिनीहरु मृत जीवमा आश्रित हुने वा अन्य जीवमाथि निर्भर हुने हुन्छन् । मृत जीवमा आश्रित जीवाणुले मानव शरीरलाई फाइदा हुने कार्य गर्दछ । तर तिनीहरु मानिसको निम्ति हानिकारक हुँदैनन् । सजीवमा आश्रित जीवाणुहरु हानिकारक हुने गर्दछन् । तिनीहरुले प्राणीहरुमा विभिन्न रोग उत्पन्न गराई दुःख दिने गर्छन् । जीवाणुहरु प्रतिकूल वातावरणमा पनि बाँच्न सक्ने भएकोले प्रायः जसो तिनीहरु हावा, पानी, माटो तथा हाम्रो शरीरको छालाबाहिर पनि पाइन्छन् ।
सोझै संक्रमण: यसमा कुनै किसिमको माध्यमको आवश्यकता पर्दैन, रोग सोझै सम्पर्कबाट सर्दछ । यस्तो क्रियालाई सोझै संक्रमण भनिन्छ । जस्तै ः भिरिङ्गी, गोनोरिया आदि जस्ता रोगहरु सोझै सम्पर्कबाट सर्ने गर्दछन् ।
बाहकको माध्यममबाट संक्रमण: यसमा माध्यमको रुपमा जीवित वस्तुहरु पर्दछन् । जीवित वस्तुले जीवाणुहरु बोकेर एक ठाउँबाट अर्को ठाउँमा सार्ने गर्नुका साथै जीवाणुहरु परिपक्व हुन त्यसैमा केही प्रक्रियाहरु अगाडि बढेका हुन्छन् । त्यस्तो जीवाणुबाहक जीवित वस्तुको सम्पर्कमा आउँदा त्यो रोग मानवमा सर्न पुग्दछ । जस्तै ः प्लेग रोग मुसामा र मुसाबाट मान्छेमा उपिंयाँबाट सर्ने गर्दछ ।
यसरी जीवाणु जीवनोपयोगी तथा जीवन अनुपयोगी रुपमा खडा भएर बस्दा हाम्रो लागि जीवाणुले लिएका उपयोगमूलक योगदानलाई चटक्क बिर्सन सक्दैनौं । तैपनि अन्य जीवाणुबाट हामीले भोग्नुपरेको पीडालाई पनि हामी नकार्न सक्दैनौं । त्यसैले यस्ता जीवाणुहरुबाट आफ्नो शरीरलाई बचाउनको लागि हामीले विभिन्न तरिकाहरु अबलम्बन गर्न पछि पर्नु हुँदैन । पानीलाई उमालेर, सागसब्जीलाई पकाएर, फलफूललाई शुद्ध पानीले पखालेर र हातलाई साबुन पानी आदिबाट सफा गराएर हामीले जीवाणुबाट हाम्रो शरीरलाई बचाउनुपर्छ । यसरी हाम्रो जीवनका सामान्य व्यवहारमा परिवर्तन गर्दै गएमा हाम्रो जीवन फलदायी बन्न सक्छ ।
–विष्णुराज तिवारी
साभार : विज्ञान लेखमाला, रोनास्ट
Title Photo: https://microbiologysociety.org