अदिति बुढाथोकी हाल मुम्बइमा बसेर बलिबडमा सघर्ष गरिरहेकी छिन । नेपाली फिल्म कृ बाट डेब्यु गरेकि अदिति फिल्म खेल्नु अघि जति चार्चा पाइन त्यति नेपाली चलचित्र क्षेत्रमा जम्न भने सकिनन् ।
केही वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अदिति बुढाथोकीका लागि त्यसपछिका दिनहरू फलदायी बन्दै गए । त्यसपछि उनले टीभीसी एड तथा पेपर एडहरूमा अवसर पाइरहिन् भने र्याम्प वर्क तथा फोटो सुट आदि पनि गरिरहिन् । उनका विज्ञापन एवं तस्बिरहरू हेरेर दैनिकजसो म्युजिक भिडियो तथा चलचित्रबाट प्रस्ताव आए पनि अदितिलाई अभिनयप्रति खासै रुचि थिएन । गत वर्ष भारतमा केइरा ब्रान्डको मोडलिङ गरेर नेपाल आएपछि उनको रुचि बलिउडप्रति भने बढेको थियो । उनी अहिले मुम्बईको मेजोरा टेलरमा एक वर्षका लागि आबद्ध भएकी छिन् । त्यहीँबाट उनले भर्खरै रिच्वाइस स्याम्पु एवं मिन्टा डट कमको सुटिङ पूरा गरिसकेकी छिन् भने क्याटलक, ई कमर्स प्रिन्टमा पनि काम गरिसकेकी छिन् । स्टार प्लसको एउटा सिरियलका लागि पनि प्रस्ताव आइरहेको बताउने बुढाथोकीले तमिल चलचित्रको अडिसन दिएर स्क्रिनिङ पनि भ्याइसकेकी बताइन ।