नेपाली काँग्रेस (वी पी)ले माघे संक्रान्तिको अवसरमा देश विदेशमा रहेका सबै नेपालीहरुमा शुभकामना व्यक्त




नेपाली काँग्रेस (वी पी)ले माघे संक्रान्तिको अवसरमा देश विदेशमा रहेका सबै नेपालीहरुमा शुभकामना व्यक्त

अखबारपत्र: काठमाडौ, माघ १। नेपाली काँग्रेस (वी पी) ले माघे संक्रान्तिको अवसरमा देश विदेशमा रहेका  सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेको छ ।

काँग्रेस (वी पी) ले माघ १ गते मनाइने माघी पर्व थारु समुदायमात्रको नभई आम नेपालीको विशेष पर्व हो भन्दै माघे सङ्क्रान्ति पर्वका रुपमा यसलाई सबै समुदायले कुनै न कुनै रुपले सम्झना गर्ने गरेको कार्यलय सचिव सुशिलराज वाग्लेद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

माघीलाई थारु समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गरेको तथा नेपालमा १२५ जाति र १२३ भाषाभाषी भएको देश भएकाले देशमा बसोबास गर्ने हरेक जातिको आ–आफ्नै सांस्कृतिक मूल्य मान्यता रहेको र आगामी दिनमा सबै जातजाति, धर्मावलम्बी, भाषाभाषिको अपनत्वबोध हुने गरी भाषा, संस्कृतिको रक्षा र प्रवद्र्धन गर्नु आजको आवश्यकता भएको शुभकामना सन्देशमा भनिएको छ ।


प्रतिक्रिया