युट्युबले भारतमा टिकटकजस्तै फिचर भएको भिडियो एप ल्याउँदै




युट्युबले भारतमा टिकटकजस्तै फिचर भएको भिडियो एप ल्याउँदै

अखबारपत्र, काठमाडौं, भदौ ३१। युट्युबले भारतमा लोकप्रिय भिडियो एप टिकटकजस्तै फिचर भएको एप ल्याउने भएको छ । युट्युब सर्ट्समा १५ सेकेण्डको भिडियो बनाउन मिल्नेछ र यसमा टिकटकमा भएकाजस्ता अन्य फिचर पनि हुनेछन् ।

गत जुन महिनामा चीनसँगको सम्बन्ध तनावपूर्ण बनेसँगै भारतले टिकटकलगायतका ५८ चिनियाँ एपमाथि प्रतिबन्धको निर्णय गरेको थियो । त्यतिबेला भारतमा टिकटकका १२ करोड प्रयोगकर्ता थिए । यो एपको सबैभन्दा ठूलो बजार भारत थियो । भारतमा प्रतिबन्ध लागेसँगै अहिले धेरै स्थानीय कम्पनीले टिकटकको स्थान लिन प्रयास गरिरहेका छन् । अब उनीहरुको प्रतिस्पर्धा युट्युबसँग हुनेछ ।

एक ब्लग पोस्टमा युट्युबका प्रोडक्ट म्यानेजमेन्टका उपाध्यक्ष क्रिस जेफले भनेका छन्, ‘युट्युब सर्ट्स मोबाइल फोनबाट छोटो र आकर्षक भिडियो बनाउन चाहने प्रयोगकर्ताको लागि हुनेछ ।’

यो नयाँ प्लेटर्फममा मल्टिसेगमेन्ट क्यामेरा पनि हुनेछ, जसबाट धेरै भिडियो क्लिप्सलाई जोडेर नयाँ भिडियो बनाउन सकिन्छ । यसमा स्पिड कन्ट्रोल पनि हुनेछ, एक टाइमर र काउन्टडाउन पनि राखिएको छ, जसको कारण हातको सहयोग विना नै भिडियो रेकर्ड गर्न सकिन्छ ।

जेफले सर्ट्स राम्रो हुँदै गएको र नयाँ फिचर राखिएसँगै यसलाई अन्य बजारमा पनि सार्वजनिक गरिने बताएका छन् ।

स्रोत : बीबीसी


प्रतिक्रिया