पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा पहिरोमा परी अभिभावक गुमाएका बालिकाहरुको शिक्षाको जिम्मा लिने घोषणा गरेका छन्।
नेता बस्नेतले लिदि र जम्बु पहिरोमा परी अभिभावक गुमाएका ८ बालिकालाई कक्षा १२ सम्म होस्टेलमा राखेर निशुल्क पढाउने प्रतिबद्धता जनाएका हुन्।
जुगल गाउँपालिकाको लिदीमा पहिरोमा परी अभिभावक गुमाउने ७ जना बालिका र जम्बुमा अभिभावक गुमाएको एक बालिकालाई निशुल्क शिक्षाको व्यवस्था गरिएको विज्ञप्तिमा जनाइएको छ ।
श्रावण ३० गते जुगल गाउँपालिका वडा नं. २ स्थित लिदी गाउँमा गएको पहिरोमा परी अभिभावक गुमाउने स्मारिका, सविता, दुर्गा, कविता अनिता, कान्छी दोंग र नाम नखुलेकी सांग बहादुर दोंगकी छोरी गरी ७ जना । आषाढ २५ गते जम्बुमा बाढि पहिरोमा परी आफ्नो ५ जना अभिभावक गुमाएका छिरिंग गोलेको निशुल्क शिक्षाको व्यवस्था गरिएको विज्ञप्तिमा जनाइएको छ ।
बस्नेतले यसअघि कोरोनाको कारण पहिलो मृत्यु हुने महिलाको एक जना बच्चालाई पोषण स्वरुप १ लाख र १२ कक्षासम्म निःशुल्क अध्ययन गर्ने गराउने बताएका थिए।