बागमतीमा पञ्चमी नुहाउँदा बेपत्ता भएका तीन जना बालिकाहरुको शव फेला




बागमतीमा पञ्चमी नुहाउँदा  बेपत्ता भएका तीन जना बालिकाहरुको शव फेला

रौतहट । रौतहटको  पूवसर््भेग गढीमाई नगरपालिकास्थित बागमती नदीमा ऋषि पञ्चमिको अवसरमा नुहाउन जाँदा बेपत्ता तिनैजना बालिकाको शव बरामद भएको छ ।

गत ७ गते बिहान गढीमाई नगरपालिका वडा नं. ७ धर्मपुर टोल बस्ने भदै मुखियाकी अन्दाजी १० वर्षीया छोरी पिंकु कुमारी मुखिया, लक्षुमण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारी मुखिया बागमतीमा नुहाउन जाँदा बेपत्ता भएका थिए ।

घटना लगत्तै धर्मपुर प्रहरी चौकीबाट र ईप्रका समनपुरबाट क्षेत्र बहादुर बरुवालको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा खोजतलास गर्दा सोहि दिन अपरान्ह ३ बजेको समयमा पिंकु कुमारी मुखियाको शव  बरामद गरेको थियोे ।

मंगलबार माधवनारायण नगरपालिका–८ स्थित बाग्मती खोलाको किनारमासुसिता कुमारी दासको र राजदेवी नगरपालिका–९ ब्रम्हपुरीस्थित बागमती  नदीको पूर्वपट्टी किनारमा चञ्चल कुमारी मुखियाको पनि शव फेला  परेको  रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।


प्रतिक्रिया