रामेछाप । दाेरम्बा गाउँपालिका वडा नं.- १ डडुवाकाे याेजनामा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, क्षमता अभिवृद्धि, सामाजिक विकास, वन वातावरण, जडिबुटी विकास एवम् परिचालन प्राथमिकतामा परेकाे छ ।
शनिवार वडामा सम्पन्न भएकाे चाैथाे सभाले विगतका वर्षभन्दा केही परिमार्जित गरि यस वर्षकाे समग्र याेजना छनाेट तथा स्तरीकरण एवम् प्राथिमकीकरण गरिएकाे वडाअध्यक्ष ढालबहादुर राना बताएका छन् ।
वडाअध्यक्ष रानाकाे अध्यक्षतामा सम्पन्न भएकाे सभाले याेजना छनाेट गर्दा टाेलबस्ती स्तरबाट लिइएकाे सुझाव, अध्ययन, अनुभव र सम्भाव्यता अध्ययन गरि छनाेट गरिएकाे स्थानीय एवम् पश्चिमी रामेछाप पर्यटन विकास केन्द्र, दोरम्बाका अध्यक्ष दावा सङबु शेर्पाले बताए ।
शेर्पाले भने- ‘यसपटक सभाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, क्षमता अभिवृद्धि, सामाजिक विकास, वन वातावरण, जडिबुटी विकास एवम् परिचालन गर्ने मुख्य कार्यक्रमहरू तय गरेकाे छ ।’
त्यसैगरि कार्यक्रममा वर्तमान महामारीलाई मध्यनजर गरि विपद व्यवसथापन एवम् न्यूननीकरण, जलवायु परिवर्तन र असर सम्बन्धमा वातावरण संरक्षण, क्षमता अभिवृद्धि संस्था, सहकारी परिचालन लगायतकाे याेजनालाइ समेटिएकाे वडाध्यक्ष रानाले बताए ।
शैलुङ क्षेत्रकाे पर्यटन प्रवर्धनलाई रमणीय एवम् आकर्षक तवरले याेजना तय गरिएकाे र शैलुङ क्षेत्रकाे चाैँरी, आलु, किबी, जडिबुटीलाइ स्तरीय ब्राण्ड र व्यवसाय एवम् बजारीकरण गर्ने याेजना रहेकाे वडा सचिव रामहरी अधिकारीले बताए ।
साथै वडास्तरीय कृषि तथा पशुपालनलाई क्षेत्र, पकेट क्षेत्र निर्धारण गरि अनुदानसहितकाे प्याकेज व्यवस्था गरि कार्यन्वयन चरणमा समूहगत दर्ता र छनाेट गरि नर्सरी बगानलाई समेत याेजना एवम् थप लगानी गरि कृषि आधुनिकीकरणमा याेजना सञ्चालन गर्ने सचिव अधिकारीले बताए ।
छनाेट गरिएकाे याेजना तथा कार्यक्रम वडा, पालिका, प्रदेश, संघ चार तहले कार्यान्वयन चरणमा सम्पन्न गरिने प्रतिवद्धता व्यक्त गरिएकाे थियाे ।
newssource:gausahar