मनाङ ।
मनाङमा लगातारको वर्षापछि बाढीआएको बाढीले बेलिब्रिज र विद्युत्गृह बगाएको छ ।
सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह बगाएको हो ।
त्यस्तै नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ । मस्र्याङ्दीमा आएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो ।
घट्टेखोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको जिल्ला प्रहरी कार्यालय, मनाङका डीएसपी सुवास खड्काले जानकारी दिनुभयो ।
त्यस्तै सदरमुकाम चामेको ४ वटा घरमा पनि बाढीले क्षति पुर्याएको छ ।