आँधीखोला युथ कांग्रेसद्धारा निशुल्क एम्बुलेन्स सेवा संञ्चालन




आँधीखोला युथ कांग्रेसद्धारा निशुल्क एम्बुलेन्स सेवा संञ्चालन

स्याङ्जा। स्याङ्जाका विभिन्न ठाउँहरुमा सङक्रमण तीव्र रुपमा समुदायस्तरमै फैलिन थालेपछि आँधीखोला युथ कांग्रेसले आजबाट निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।

आँधीखोला गाउँपालिकाबाट पोखरा वा स्याङ्जा लैजानुपर्ने सबै बिरामीलाई निशुल्क सेवादिने उद्देश्यले एम्बुलेन्स संचालनमा ल्याइएको हो ।
पालिकाको एम्बुलेन्स सेवाले मात्र बिरामी बोक्न पर्याप्त नभएपछि नेपाली कांग्रेस आँधीखोला गाउँपालिका कार्यसमिति, तरुण दल र नेबिसंघको समन्वयमा केही उत्साही युवाहरुले सामाजिक सञ्जालमार्फत् अभियान चलाउँदै कोभिड लक्षित अस्थायी एम्बुलेन्सको सुरुवात गरेका हुन ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले आँधीखोला–५ को जुग्ले बजारमाएम्बुलेन्सको साँचो ड्राइभरलाई हस्तान्तरण गरेर एम्बुलेन्स सेवाको शुभारम्भ गरेको नेबिसंघ पूर्व केन्द्रीय सदस्य दीपेन्द्र खड्काले जानकारी गराए ।

शुभारम्भ कार्यक्रममा कार्यवाहक सभापति कुमार राना, ने.कांआँधीखोला गाउँपालिकाका सभापति नारायणप्रसाद पौडेल, ने.का महाधिवेशन प्रतिनिधि प्रेम पौडैल, नेता बद्री पौडेल, शिक्षक नेता युवराज ढकाल, स्कुल अफ डेमोक्रेसीका अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठ, नेबिसंघ पूर्व केन्द्रीय सदस्य दीपेन्द्र खड्का, विष्णुप्रसाद लामिछाने, गणेश सुबेदी, बिमल लामिछाने लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

गाउँपालिकामा हाल भएको एम्बुलेन्सको खर्च तिर्न नसक्ने मानिसहरुलाई लक्षित गरेर सेवाप्रदान गरिएको र कोभिडको संक्रमण बढ्दा सवारी साधन अभावकै कारण कसैको पनि ज्यान नजाओस् भनेर अभियानमा निरन्तर खटिरहेको युथ कांग्रेसका अभियन्ता कृष्ण क्षेत्री ‘अमृत’ले बताए ।

उपचारका लागी आँधीखोलाका बिरामीलाई लैजाने  भनेको स्याङ्जा अस्पताल कि पोखरा हो । यातायात बन्द भएका बेलामा विपन्न वर्गका बिरामीलाई समयमै अस्पतालसम्म निशुल्कमा पु¥याएर जीवनबचाउन सकिन्छ कि भन्ने पवित्र भावनाका साथ यस अभियानमा आफूहरु जुटेको स्कुलअफ डेमोक्रेसी आँधीखोला संयोजक अनिल ढकालले बताए ।

‘कोभिडको दोस्रो लहर चल्दै गर्दा बिरामीहरु थपिँदै जादा  यातायातमा समस्या देखिन सक्ने ठानेर नि:शुल्क एम्बुलेन्स अभियानको सुरुवात गरिएको र  यसका लागि  अहिलेसम्म नेपाली कांग्रेसका सम्बन्धित व्यक्तिहरुसँग मात्र सहयोग मागेको अर्का अभियन्ता तथा तरुण दल आँधीखोलाका उपाध्यक्ष दिलीपराज सापकोटाले बताए ।

हामीले गाउँपालिकासँग पनि समन्वय गरेर अस्थायी एम्बुलेन्स सेवालाई अझै प्रभावकारी बनाउँछौँ । पालिकाले सन्चालन गरेको एम्बुलेन्सले विशेष गरी कोभिड लक्षित बिरामीहरु बोकिरहेका सन्दर्भमा यसले यस अविधमाहुने अन्य बिरामीहरुलाई पनि चौबिसै घण्टा सेवा दिइने भएकाले बिरामीले जुनसुकै बेलापनि सम्पर्क गर्न सकिने अभियन्ताहरुले बताएका छन् ।


प्रतिक्रिया