नेपाल जेसीजले आयोजना गरेको राष्ट्रिय वक्तित्वकला प्रतियोगितामा रामेछाप जेसीजका कौशल कार्की प्रथम स्थान हासिल गरेका छन । अनलाइन मार्फत आयोजना गरिएको “Rise to change , Leadership Practice for Human Development”नामक वक्तित्वकला प्रतियोगितामा उत्कृष्ट विचार राख्दै कार्की प्रथम स्थानको उपाधी चुम्न सफल भएका हुन् ।
सोमवार जेसीजका ४ वटा क्षेत्रबाट ३ जनाका दरले उत्कृष्ट १२ जना प्रतिस्पर्धीलाई छनोट गरिएको थियो । कार्यक्रमको फाइनल प्रतियोगितामा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै मंगलवार भएको प्रतियोगितामा कार्कीले उपाधी जित्न सफल भए ।
राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालको २०२१ को राष्ट्रिय प्रकरण “परिवर्तनका लागि उठौ, मानव विकासका लागि नेतृत्वका अभ्यास” विषयमा प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा हेटौडा जेसीजका अमृत बडतौला दोस्रो भए भने नुवाकोट जेसीजकी सुनिता अधिकारी तेस्रो भएका राष्ट्रिय महासचिव सिनेटर विकास मानन्धरले बताउनु भयो । प्रध्यापक सुरेन्द्रप्रसाद पौडेलको मुख्य निर्णायकमा प्रतियोगिताका लागि ४ जना कार्यकारीणी उपाध्यक्षहरु समुनकृष्ण श्रेष्ठ, सिनेटर अरुण दाहाल, शिव भुषाल, भोजराज चापागाई निर्णायकहरु रहनु भएको थियो ।
मंगलवार भएको क्षेत्रगत रुपमा भएको प्रतियोगिताबाट भद्रपुर जेसीजकी सविता कोइराला, चारआली जेसीजका हरिकृष्ण भण्डारी, धरान जेसीजका सृष्टिका भट्टराई
माडी जेसीजका शोभाकर पराजुली, पोखरा जेसीजका छविलाल पौडेल, काभ्रे लेडीकी अम्बिका दुलाल, कोहोलपुर जेसीजकी कृतिका आचार्य, कञ्चन जेसीजका अस्मिन पौडेल र महेन्द्रनगर जेसीजका प्रयुस्त अवस्थी छनोठ भएका थिए ।