नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
समितिले खाँडादेवी गाउँपालिका अन्तर्गत भोटेचौरको स्वास्थ्य चौकी, खाँडादेवी आधारभूत स्वास्थ्य चौकी भीमसेनस्थान, खाँडादेवी स्वास्थ्य इकाई सान्ने, प्रस्थावित लाप्का पँधेरो भलाखर्क, भीरपानीको सामुदायिक स्वास्थ्य इकाई, भीरपानीकै स्वास्थ्य चौकी आँपचौरमा विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको सम्पर्क समितिका अध्यक्ष राजनारायण श्रेष्ठले जानकारी दिए ।
सहयोग गरिएका स्वास्थ्य सामाग्रीहरूमा नर्मल बेड सिट, सिटामोल सिरफ, सिटामोल, जिङ्क ट्याब्लेट, भिटामिन सि, माक्स, सेनिटाईजर, अक्सोमिटर, थर्मामिटर, ह्यान्ड वास, फेससील्ड, मल्टी भिटामिन, ह्यान्डीप्लाष्टलगायत औषधिहरू वितरण गरिएको ने. बी संघ काठमाण्डौ सम्पर्क समिति अध्यक्ष बिष्णु श्रेष्ठले जानकारी गराए ।
वितरण गरिएको स्वास्थ्य सामाग्रीहरू सम्पर्क समिति अध्यक्ष राजनारायण श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला आमन्त्रित सदस्य रामकृष्ण ढुङ्गेल, नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कोषाध्यक्ष राजेश कुमार श्रेष्ठ, प्रदेश क्षेत्रीय सदस्य बिराज श्रेष्ठ, नेपाल तरुण दल क्षेत्रीय उपाध्यक्ष सुजन ढुङ्गेल र नेबिसंघ काठमाडौं सम्पर्क समिति अध्यक्ष विष्णु श्रेष्ठ र नेता बालकृष्ण थापाकाे आर्थिक सहयाेगमा वितरण गरिएको हो ।
उक्त स्वास्थ्य सामाग्रीहरु स्थानीय वड़ा सभापति दानकाजी श्रेष्ठ, सूर्य श्रेष्ठ, बालकृष्ण कार्की, जिल्ला आमन्त्रित सदस्य सुजन श्रेष्ठ, रामकुमार कार्की, नेपाल तरुण दल जिल्ला सदस्य जगत कार्की, तरुण दल खाँडादेवी अध्यक्ष संदीप कार्की, तरुण वडा अध्यक्ष राजेश श्रेष्ठ लगायत नेपाली कांग्रेस, तरुण दल, नेविसंघ नेताहरुमार्फत सम्बन्धित स्वास्थ्य चाैकीहरूलाई हस्तान्तरण गरिएकाे छ ।
विश्व कोरोना संक्रमणको महामारीले आक्रान्त बनिरहेको अवस्थामा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण गाउँ- गाउँमा पनि फैलन थालेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई उपलब्ध गराइएकाे स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्रीले सहयोग पुग्ने नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कोषाध्यक्ष राजेश कुमार श्रेष्ठले बताए ।
पछिल्लो समय गाउँ-गाउँमा कोरोना महामारीले संक्रमितको संख्या बढिरहेको अवस्थामा व्यवस्थापन गर्न चुनौति बनिरहेको छ । स्थानीय निकायको स्रोत साधानले मात्र कोरोना नियन्त्रण सम्भव छैन । यसका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । हामी आगामी दिनमा सक्दो सहयोग गर्ने प्रयास गछौं’ उनले भने ।
रामेछापका अन्य पालिकाहरुमा पनि आवश्यकता अनुसार र हामीले सक्नेसम्मको स्वास्थ्य सामग्री सहयोग गर्न लागिरहेको सम्पर्क समितिका अध्यक्षले जानकारी गराए ।