नेपाली कांग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ ले तीन वटा आइसियू बेड्सहित स्वास्थ्य सामग्री तामाकोसी अस्पताललाई वितरण गरेका छन ।
कांग्रेस महाधिवेशन प्रतिनिधि एवं निर्माण व्यवसायी समेत रहेका तामाङ्ले जिल्ला सदरमुकाम मन्थली स्थित तामाकोसी अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
उनले करिब २५ लाख लागतमा तीन वटा आइसीयू बेड , मनिटर र तीन वटा अक्सिजन सिलिन्डर अस्पताललाई प्रदान गरेका हुन् ।
उनले यसअघि पनि पटक-पटक जिल्लाका स्थानीय तहहरुलाई एम्बुलेन्स, आपतमा परेकाहरुलाई हेलिकप्टर मार्फत उद्धार लगाएतका उदाहरणीय काम गर्दै आएका छन् ।
‘कान्छाराम’ नामबाट परिचित तामाङ्ले जिल्लामा १ वटा शवबहान र १३ वटा एम्बुलेन्स निःशुल्क रुपमा यसअघि हस्तान्तरण गरिसकेका छन् ।
तामाङले ‘जिल्लाभित्र आइसीयू मात्र होइन जनशक्ति भएमा म भेन्टिलेर पनि सहयोग गर्न तयार रहेको बताएका छन ।