भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष




भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष

अखबारपत्र:काठमाडौं, माघ २५ ।बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रारम्भिक अनुसन्धानबाट दोगडाकेदार गाउँपालिका–७ की भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। घटनाको एसएसपीसहित केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपीको टोलीले अनुसन्धान गरिरहेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले प्रारम्भीक अनुसन्धान सन्तोषजनक रुपमा अघि बढेकाले छिट्टै सफलता प्राप्त हुनेमा बताए।

‘घटनास्थलबाट बरामद गरिएका विभिन्न सबुत प्रमाणका आधारमा अहिलेसम्मको अनुसन्धान सन्तोषजनक रहेको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने, अनुसन्धानको दायरा साघुरिदै गएकाले छिट्टै हामी परिणाम सार्वजनिक गर्छौँ ।’

प्रचण्ड-नेपालले भने- निर्मला पन्तको जस्तो नहोस् बैतडीको घटना

प्रचण्ड-माधव नेपाल नेकपाले बैतडी दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ।

नेकपाका दुबै अध्यक्ष प्रचण्ड र नेपालले शनिबार विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन्।

विगतमा निर्मला पन्तको अनुसन्धानजस्तै यो घटनामा गैरजिम्मेवार नबन्न विज्ञप्तिमा अनुरोध गरिएको छ।

निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको जनाक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको तथ्य प्रमाणित गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भट्टमाथि भएको पासविक र अमानवीय घटनाको भर्त्सना गरिएको छ।


प्रतिक्रिया