अखबारपत्र:सुर्खेत, माघ २२ । प्रचण्ड-नेपाल समूहको नेकपाले गरेको बन्दमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अन्य दुई जना मन्त्री सडकमा आएर समर्थन जनाएका छन्।
आमहड्तालकै बीचमा बिहीबार दिउँसो ३ बजे सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा पुगेर मुख्यमन्त्री शाहीले हड्तालमा समर्थन गर्दै सम्बोधन समेत गरेका थिए।
सम्बोधनका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरूद्ध देशभर हड्ताल गर्नुपरेको बताए।
बन्दमा मुख्यमन्त्री शाहीसहित प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिह बुढा सडकमै गएर आम हड्तालप्रति ऐक्यबद्धता जनाएका हुन् ।
शाहीलेले सञ्चारकर्मीसंग कुरा गर्दै ओली सरकारले असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटन र संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको सपथग्रहणका विरुद्ध आफूहरु पनि सडकमा आउन बाध्य भएको बताए ।