मुख्यमन्त्री शेरधन राईकी २६ वर्ष कान्छी हुनेवाली बेहुली ज्याङ्मु (फोटोफिचर)




मुख्यमन्त्री शेरधन राईकी २६ वर्ष कान्छी हुनेवाली बेहुली ज्याङ्मु (फोटोफिचर)

अखबारपत्र:काठमाडौँ, माघ ११ ।प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने पक्का भएको छ । उनले आगामी माघ ११ गते आइतबारका दिन सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह बन्धनमा बाधिने भएका हुन्।

मुख्यमन्त्री राईले विवाह गर्ने पुष्टि उनकै सचिवालयले गरेको हो । ४९ वर्षीय मुख्यमन्त्री राईले विवाहको तयारी तथा बेहुलीको बारेमा थप खुलाउन चाहेनन्। उमेरमा निकै ठूलो अन्तर रहेकी ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुन लागेको खुलेको छ। हिजो आज उनीहरुको विवाहको चर्चा निक्कै भइरहेको छ । आफूभन्दा २६ वर्ष कान्छी युवतीसँग विवाह हुन लागेकाले मुख्य मन्त्रीको वैवाहिक जीवनको विषयमा आवश्यकता भन्दा बढी चर्चा भएको हो ।

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्।

नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा परेका राईबिरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

ज्याङ्मुले उदघोषण लगायत विभिन्न गितमा मोडलिङ समेत गरिसकेकी छन ।


प्रतिक्रिया