अखवारपत्रःगोरखा,पुस २६|नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गोरखा जिल्ला सदस्य यादव बस्नेतले ओली पक्षको केन्द्रीय सदस्यता अस्विकार गरेका छन् ।
बस्नेतले आज सदरमुकाममा पत्रकार सम्मेलन गरेर आफ्नो सहमती बिना केन्द्रिय सदस्य चयन गरेको भन्दै केन्द्रीय सदस्यता अस्विकार गरेका हुन् ।
बस्नेतले इतिहासमा अहिलेसम्मको सवै भन्दा बढी बहुमत र दुई तिहाई प्राप्त कम्युनिष्ट सरकारको नेतृत्व गरेको ओली आफलै संसद विघटन गरेर ओलीले गम्भीर असंवैधानिक कदम चालेको भन्दै यस्तो अवस्थामा साथ दिन नसक्ने बताए ।
वर्तमान अवस्थामा बहुमत प्राप्त पार्टीले संविधानले दिदै नदिएको अधिकार प्रयोग गरेको प्रति आफ्नो असहमति रहेको भन्दै ओली समूहको केन्द्रिय सदस्य अस्विकार गरेको स्पस्ट पारे । म बिगतमा पनि संस्थापन पक्ष र बहुमतको पक्षमा रहेको भन्दै जिल्ला सदस्य यादवले नेकपाले लिएको जनताको जनवादको सैद्धान्तिक लक्ष्यबाट दायाँबायाँ नहुने स्पष्ट पारे ।
बस्नेतले पार्टीको विधान विपरित प्रधानमन्त्री ओली थोरै संख्याको केन्द्रिय कमिटी बैठक बसेर ठूलो संख्यामा केन्द्रीय कमिटिको सदस्य मनोनित गर्नु विधि विधान विपरित हो भने ।
उनले आफु नेकपाको गोरखा जिल्ला कमिटिको कार्यलय सदस्य भएकाले त्यसैमा रहेर पार्टी र जनताको पक्षमा लागि रहने प्रण समेत गरेका छन ।