शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते




शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते

अखबारपत्र: जनकपुरधाम, पुस १८। शहरी विकासमन्त्री प्रभु शाह सवार गाडीले सर्लाहीमा  एक सर्वसाधरणलाई ठक्कर दिएर घाइते बनाएको छ ।

पूर्व-पश्चिम राजमार्गको हरिवनमा उक्त दुर्घटना  हुँँदा लालबन्दी नगरपालिका वडा नम्बर ८ चन्द्रपुर घर भएका ३५ वर्षका बच्चु तामाङ घाइते भएका छन् ।घाइते तामाङको स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको कम्मर र खुट्टामा चोट छ ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले ठक्कर दिएको  थियो । सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार मन्त्री सवार गाडीले नै ठक्कर दिएर भागेको हो ।


प्रतिक्रिया