कारको ठक्करबाट पूर्वपश्चिम राजमार्ग पाटेबाघको मृत्यु




कारको ठक्करबाट पूर्वपश्चिम राजमार्ग पाटेबाघको मृत्यु

अखबारपत्र: बारा, पुस १८। पूर्वपश्चिम राजमार्गको बारा-जितपुर खण्डमा कारको ठक्करबाट पाटेबाघको मृत्यु भएको छ। जंगलबाट राजमार्गक्रस गर्दै गरेको पाटेबाघलाई बा१६ च ८११ नम्बरको कारले बिहान सवा ७ बजे ठक्कर दिएको हो।

जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा कारले बाघलाई ठक्कर दिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

कार चालक अजय मिश्रका अनुसार हेटौंडाबाट सर्लाही जाँदै गर्दा कारले ठक्कर दिएको बताए । ठक्करबाट बाघको घटनास्थलमै मृत्यु भएको छ।

चालक सर्लाहीका मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको प्रहरी उपरीक्षक पंगेनीले बताए।


प्रतिक्रिया