अखबारपत्र: मुग्लिन, मङ्सिर २६। चितवनमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान ९ः५५ बजे उक्त दुर्घटना भएको हो ।
जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले मृतकको नाम थर वतन नखुलेको र दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको बताए । अहिले घाइतेको उद्धार गरी थप उपचारका लागि भरतपुर पठाइएको छ ।
थापाकाअनुसार सो बोलेरो जीप अनियन्त्रित भई चालकले सडक छेउमा रहेको विद्युत्को खम्बामा ठोक्किएका थिए । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगी घटनाबारे थप जानकारी लिने काम भइरहेको प्रवक्ता थापा बताए ।