मोरङमा शिक्षकको गोली हानी हत्या




मोरङमा शिक्षकको गोली हानी हत्या

अखबारपत्र:विराटनगर, मङ्सिर २३।नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मोरङको मिक्लाजुङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको छ । ‘थप अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुग्दैछ, ‘ उनले भने ।

श्रेष्ठको हत्या भएको जानकारी मृतकका भतिज महेश श्रेष्ठले प्रहरीलाई जानकारी गराएका थिए ।

शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको एसपी खड्काले बताए । ‘हाम्रो प्रहरी टोली अहिले घटनास्थलतर्फ गइरहेको छ, घटनास्थल पुगेपछि विस्तृत जानकारी आउँछ,’ खड्काले भने ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले आफूहरु पनि घटनास्थलतर्फ जाँदै गरेको बताए ।

विप्लव समूहले भने यसबारे अहिलेसम्म केही बताएको छैन ।

 


प्रतिक्रिया