सरकारले चाँडै नै सबै प्रान्तहरूमा ड्राइभिंग इजाजतपत्र अनलाइन फारम खोल्ने योजना गर्दैछ




सरकारले चाँडै नै सबै प्रान्तहरूमा ड्राइभिंग इजाजतपत्र अनलाइन फारम खोल्ने योजना गर्दैछ

लामो समयपछि यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गरेर अनलाइन मार्फत सवारी चालक अनुमति पत्रका लागि आवेदन दिन सकिने जनाएको छ।

गत चैतमा कोरोना महामारीका कारण लकडाउन भएसँगै लाइसेन्स वितरणको कार्य बन्द भएको थियो। पुनः सञ्चालन गर्न विभागले प्रदेश मातहतका कार्यालयलाई आग्रह गरेको हो।

विभिन्न किसिमको चालक अनुमतिपत्र लिनका लागि अहिले हजारौं व्यक्ति प्रतिक्षारत छन्।

विभागको सूचनामा सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र त्यस अन्तर्गत कार्यालयको माग अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम खुला हुनेभएकाले त्यहाँ सम्पर्क गर्न भनिएको छ। सम्पर्कका लागि सूचना अधिकारीको नम्बर समेत दिइएको छ।

सूचनामा दिइएको नम्बरमा फोन गरेर बुझ्न खोज्दा धेरैको फोन व्यस्त देखाइरहेको छ। फोन लागिहाले पनि उठ्दै उठ्दैन।

सायद धेरैले फोन गर्न खोजेर होला ब्यस्त देखाइरहेको छ। धेरै फोन आएरै होला लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले त सूचनानै जारी गरेको छ। जसमा ‘हामी छलफल गरिरहेका छौं र ठोस निर्णय भएपछी जानकारी गराउँछौं’ भनिएको छ।


प्रतिक्रिया