अखबारपत्र:रौतहट,कात्तिक २७ । रौतहटमा एक १७ वर्षीया किशोरीको गोली हानी हत्या भएको छ।
गएराती ११ बजेको समयमा घरमा सुतिरहेको अवस्थामा साहको हत्या भएको स्थानीय ओम प्रकाश यादवले बताए । घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरीको टोली घटना स्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार २०७६ फागुनमा सर्लाहीको मधुवनगोठ निवासी रुपेश साहसँग विवाह गरेकी ती किशोरीले गत असारमा मात्र सम्बन्ध विच्छेद गरेकी थिइन् । सम्बन्ध विच्छेदपछि उनी रौतहटस्थित माइती घरमा बसेकी थिइन् ।