बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोरोना संक्रमण पुष्टि




बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोरोना संक्रमण पुष्टि

अखबारपत्र: काठमाडौं, कार्तिक १२। बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको मंगलबार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनका छोरा राजेश पनि संक्रमित भएका छन् ।

उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर गएका थिए ।

उनमा शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको थियो । प्रसाईको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

स्वास्थ्य अवस्था सामान्य रहेका प्रसाई मेचीनगरस्थित घरमा आराम गरिरहेका छन् ।


प्रतिक्रिया