अखबारपत्रः धनुषा,असोज २५ । अन्तर्राष्ट्रिय बालिका दिवस २०२० को उपलक्ष्यमा ओरेक नेपाल, कायापलट, युथ एड्भोकेसि नेपाल, धनुषा स्काउट, एम्नेस्टि इन्टरनेशनल नेपाल र लिभिङ हुइ्त इन्भाइरोमेन्ट लगायतका संघसंस्था को सकृयतामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ ।
बिहान करिब ८ बजे बाट सुरु गरिएको प्रभातफेरि सोनारपट्टी हुदै राम मन्दिर र जनकचौक हुदै जानकी मन्दिरमा पुगेर समापन गरिएको बारे कार्यक्रम आयोजक मध्येकी ओरेक धनुषाकि जिल्ला इन्चार्ज रोजनिल सिंह बच्छारले बताउनु भयो ।
कार्यक्रममा उल्लेख्निय किसोरिहरुको सहभागीता रहेको थियो भने सबै किसोरि हरुले आ-आफ्नो हातमा बलात्कार, लैङ्गिक हिंसा बिरुद्धको पेल्काड बोकेका थिए । कार्यक्रममा करिब ५० बढि किसोरिहरुको सहभागीता रहेको थियो ।
साथै कार्यक्रम समापनमा ओरेक धनुषा कि जिल्ला इन्चार्ज रोजलिन सिंह बच्छार, त्यस्तै सामाजिक अगुवा शुभद्रा आले, एम्नेष्टी इन्टरनेशनलका कमल साह, एम्नेष्टी इन्टरनेशनल महिला ४६ कि जमुना भुजेल, एम्नेष्टी इन्टरनेशनल कि इन्दिरा चौधरी लगायत व्यक्तिहरुको सहभागिता समेत रहेको थियो । सबै जनाले बलात्कार बिरुद्ध एक हुन तथा कुरिती बिरुद्ध पनि मौनता तोड्न आम किसोरि किसोर तथा बुद्धिजीवीलाई आग्रह गरेका छन् ।
कार्यक्रममा संयोजन भने कायापलट नेपाल का अध्यक्ष तथा युथ एड्भोकेसि नेपाल का कार्यक्रम संयोजक दिवाकर उप्रेती ले गरेका थिए ।