प्रदेश ५ को नाम ‘लुम्बिनी’ राजधानी भालुवाङ दुई तिहाईले पास




प्रदेश ५ को नाम ‘लुम्बिनी’ राजधानी भालुवाङ दुई तिहाईले पास

दाङ, असोज २० । प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

कुल ८३ मत खसेकोमा प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत परेको छ । कुल ८७ जना प्रदेश सांसद रहेकोमा ४ जनाको भने उपस्थिति रहेको छैन । ७९ मत परेपछि प्रदेशसभाको दुई तिहाई बहुमतले पारित भएको हो । यससँगै प्रदेश ५ को नाम लुम्बिनी कायम भएको छ । यस अघि प्रदेशको स्थायी राजधानी दुई तिहाइले दाङको भालुवाङमा पारित गरेको छ ।

प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ ।


प्रतिक्रिया