तातोपानी नाका असोज १८ बाट खुल्दै




तातोपानी नाका असोज १८ बाट खुल्दै

अखबारपत्रः सिन्धुपाल्चोक,

 असोज १४ । तातोपानी नाका यही असोज १८ गतेबाट सुचारु हुने भएको छ । आज दुई देशका अधिकारीबीच भएको छलफलमा नाका असोज १८ गतेबाट सुचारु गर्ने सहमति भएको हो ।

नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो गएर सडक भत्काएसँगै तातोपानी नाका बन्द भएको थियो ।

चीनतर्फबाट आएका सामान लिपिङ पुलमा अनलोड गर्ने र यताका मजदुर तथा चालक गएर ती सामान लोड गरेर ल्याउने सहमति भएको छ ।

नाकामा खटिने चालक र मजदुरको कोरोना परीक्षण ५/५ दिनमा चीनले नै गर्नेछ ।


प्रतिक्रिया