अखबारपत्र
जनकपुरधाम, ९ असोज । जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर तथा न्यायिक इजलास समितिका संयोजक रिता कुमारी मिश्रले उपमहानगरपालिकाको न्यायिक इजालसमा महिला हिंसा सम्बन्धी कुनै प्रकारको मुद्दा अहिलेसम्म नआएको बताएकी छन् ।
जनकपुरधाममा शुक्रवार महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालद्वारा आयोजित लैङ्गिक विभेदका कारण हुने हिंसा सम्बन्धी ‘अन्तरक्रिया’ कार्यक्रममा उनले सो कुरा बताएकी हुन ।
उपमेयर मिश्रले भनिन, ‘प्रदेश २ मा सबभन्दा बढी जनघनत्व छ । महिला हिंसा सबभन्दा बढी हुन्छ । तर ती घटनाहरु हाम्रो न्यायिक इजालसमा आउँदैन ।’ झ्याल ढोका फुटाएको, जग्गा मिचिएको, फोहर लगाई दिइएको तथा समान्य कुटपिटको मुद्दाहरु आउँछन उनले थपिन, ‘अहिलेसम्म १५ सय बढी मुद्दा दर्ता भएको छ । ती मध्ये करीब चार मुद्दालाई मेलमिलाप गरी फर्काई सकेका छौं । केही मुद्दा अदालतमा पनि छ ।’
त्यस्तै कार्यक्रमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपाध्यक्ष दीपक झाले वर्तमान अवस्थामा लैङ्गिक हिंसा बढेको होइन, हामीहरुमा शिक्षा र जनचेतना बढेको कारणले बाहिर आएको बताएका छन् । उनले केही घटनालाई उजगार गर्दै भने, ‘हिंसामा परेकी महिलाहरु न्याय नपाउनुको कारण न्यायमा पहुँच र शिक्षाको कमी रहे । तर तीन तहको सरकार गठन पश्चात् त्यसमा पनि कमी आएको हो ।’
कार्यक्रममा आरेक नेपालकी अध्यक्ष रोजलिन सिंह बच्छारले ओरेकको संरचनाको बारेमा जानकारी गराउँदै भनिन, ‘यो संस्था विगत २२ वर्षदेखि महिला फेडरेशन, महिला समूह, युवा फेडरेशन, सुरक्षित आवास, कृषक समूह, किशोरी समूह, मनोविमर्श केन्द्रको क्षेत्रमा कार्य गर्दैछ । ६ महिनामा ओरेकले १२० वटा घटनालाई अभिलेखीकरण गरेका छ ।’
महिलाको क्षेत्रमा ओरेक नेपाल कार्यरत छन् । १२० वटा घटनाको अभिमुखिकरणका साथै, तीनवटा घटनालाई सत्यतथ्य अनुगमान गरेको अध्यक्ष बच्छारलाई बताइन । उनले अधिकांश मुद्दालाई मेलमिलाप मार्फत फर्काउने गरेको बताउँदै भनिन, ‘१० वटा मुद्दा दर्ता भएको र ३८ वटा मुद्दा हाल चलिरहेको छ । ३४ वटा मुद्दाको अनुगमन समेत गरेको हो ।’
त्यसैगरी इन्सेकका प्रदेश संयोजक राजु पासमानले स्थानीयतहमा गठित न्यायिक समितिको काम, कर्तव्य र चुनौतीको बारेमा प्रशिक्षण दिएका छन् । उनले न्यायिक समितिको संवैधानिक एवं कानूनी व्यवस्था, अधिकारको प्रयोग, न्याय सम्पादन तथा मानव अधिकारको बारेमा विस्तृत रुपमा जानकारी गराएका छन् ।
कार्यक्रममा सहभागीहरुले आ आफ्ना जिज्ञासा समेत राखेका थिए ।