करेन्ट लागेर वडाध्यक्षको मृत्यु




करेन्ट लागेर वडाध्यक्षको मृत्यु

अखबारपत्र :  सोलुखुम्बु, असोज ६। सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।

मंगलबार बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते भएका तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी लेखापढी व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षसमेत थिए । उनको श्रीमती र तीन छोराछोरी रहेका छन् ।


प्रतिक्रिया